You are viewing the translated version of रकम जम्मा गर्नु पर्ने.

Rule 127
रकम जम्मा गर्नु पर्ने
(१) नेपाल सरकारको आयोजना वा कार्यालयले उत्पादन गरेको मालसामान सम्बन्धित केन्द्रीय निकायले निर्धारण गरेको मूल्यमा त्यस्तो निकायले निर्धारण गरेको प्रक्रिया बमोजिम बिक्री गर्नु पर्नेछ। त्यसरी गरिएको बिक्रीबाट प्राप्त रकम सङ्घीय सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ।
(२) सरकारी बजेट विनियोजनबाट गरिएको आर्थिक कारोबारबाट प्राप्त राजस्व यस नियमावली बमोजिम सङ्घीय सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ।